प्रयाण

Romanized: prayaana, prayaan, prayan, prayana

साइतका साथ गरिने एक ठाउँबाट अर्को ठाउँको यात्रा; पाइलो वा पाइतोसराइ, प्रस्थान; पयान (प. ने.); यात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
साइतका साथ गरिने एक ठाउँबाट अर्को ठाउँको यात्रा; पाइलो वा पाइतोसराइ, प्रस्थान; पयान (प. ने.); यात्रा।
२.
युद्धका निम्ति रणस्थलतिर गरिने प्रस्थान।
३.
कुनै पनि कार्यको थालनी।
४.
इहलोकबाट परलोकतिर गरिने प्रस्थान।
५.
पशुको पिठिउँ वा ढाड।

सम्बन्धित शब्दहरू