प्रस्रव

Romanized: prasrav, prasrawa, prasraw, prashrava

कुनै तरल पदार्थको बेगिलो बगाइ वा चुहाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै तरल पदार्थको बेगिलो बगाइ वा चुहाइ।
२.
झर्ना; छाँगो; छहरो।
३.
धारो।
४.
निरन्तरको चुहाइ वा रसाइ; तप्को।
५.
निरन्तरको बहाइ वा बगाइ; प्रवाह; धारा।
६.
मूत्र; पिसाब।
७.
वात्सल्य वा दुधको अधिकताले स्तनबाट चुहिने दुधको सिर्को।
८.
शरीरका भित्र रहने विभिन्न ग्रन्थिहरूबाट निस्कने रसिलो पदार्थ; हर्मन (अङ्.)।

सम्बन्धित शब्दहरू