प्राकृत

Romanized: praakrita, praakrit, prakrita, prakrit

प्रकृतिसम्बन्धी; प्रकृतिको; प्राकृतिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रकृतिसम्बन्धी; प्रकृतिको; प्राकृतिक।
२.
संस्कार नगरिएको वा नभएको; असंस्कृत; कोरा।
३.
अकृत्रिम; सहज; स्वाभाविक; सहजसाध्य।
४.
सामान्य; साधारण; नैसर्गिक।
५.
(नाम) संस्कृत भाषाको प्रचलनपछाडि जनसाधारणले लोकभाषाका रूपमा बोल्ने गरेको भाषा।
६.
संस्कृत भाषाको प्रचलनभन्दा अगाडि वैदिक कालतिर लोकभाषाका रूपमा चलेको भाषा; कथ्यसंस्कृत (संस्कृतको प्रचलनपछि प्रचलनमा आएका प्राकृत भाषाका मुख्य भेदहरू सात छन्-मागधी, आवन्ती, प्राच्य, शौरसेनी, अर्द्धमागधी, वाहिलक र दाक्षिणात्य)।

सम्बन्धित शब्दहरू