प्रेम
Romanized: prem, prema
कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता; अनुराग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता; अनुराग।
२.
रूप, गुण, स्वभाव, सामीप्य अथवा कामवासना आदिका कारणले स्त्री-पुरुषमा परस्पर हुने अनुराग; प्यार; प्रीति।
३.
कृपा; दया; माया।