फटफट

Romanized: phataphat, fataphata, phatafata, fataphat

चराचुरुङ्गीले पखेटा चलाउँदा शब्द निस्कने गरी; भटभट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण -[अ.मू. फट्+अ (द्वि.)]

१.
चराचुरुङ्गीले पखेटा चलाउँदा शब्द निस्कने गरी; भटभट।
२.
पशुहरूले कान हल्लाउँदा आवाज आए झै; फ्याटफ्याट ।
३.
कुनै वस्तुको अभाव वा अप्राप्तिमा छटपटिएर; फिटफिटी।
४.
लामा-लामा फड्का हालेर हिँड्ने किसिमले; फटाफट।
५.
चाँडोचाँडो कुनै काम गर्ने वा बोल्ने गरी।

सम्बन्धित शब्दहरू