फट्कनु

Romanized: fatkanu, phatkanu

कुनै अग्लो ठाउँलाई उफ्रेर नाघ्नु; फटक्क फड्को मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [अनुकरण मूल फट्+क+नु]

१.
कुनै अग्लो ठाउँलाई उफ्रेर नाघ्नु; फटक्क फड्को मार्नु।
२.
उइँटा वा धनुद्वारा कपास धुनु।
३.
अन्नहरू नाङ्लाले निफन्नु।
४.
धोइएका लुगा झट्‌कार्नु र त्यसमा भएको पानीको अंश फ्याँक्नु।
५.
लुगा आदिमा टाँसिएको धुलो झड्कारेर फ्याँक्नु।
६.
(अकर्मक क्रिया) उफ्रेर जानु; फड्को हाल्नु।
७.
उछिट्टिनु; उम्कनु।

सम्बन्धित शब्दहरू