फट्के
Romanized: fatke, phatke
सानातिना खोलाका दुवै किनारामा ढुङ्गा आदिको ढिस्को उठाई वा स्वतः उठेका ढिस्कामा काठहरू तेछ्याएर तर्न सकिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फट्को+ए]
१.
सानातिना खोलाका दुवै किनारामा ढुङ्गा आदिको ढिस्को उठाई वा स्वतः उठेका ढिस्कामा काठहरू तेछ्याएर तर्न सकिने बनाइएको साँघु।
२.
गाईबस्तुले नाघ्न नसक्ने मानिसचाहिँ उक्लेर फड्कन सक्ने गरी गौंडागल्छँडामा लगाइएको बार।
३.
जग्गाजमिन, कागजपत्र आदिको एउटै तह भए पनि क्रम छुट्टिएर रहेको खण्ड वा भाग; किनारा; छेउ।
४.
(विशेषण)
फड्कोसम्बन्धी; फड्केर हिँड्ने; फड्केर गर्ने वा गरिने।