फतफत
Romanized: phataphat, fataphata, phatafata, fataphat
अरूलाई झर्को लाग्ने वा मन नपर्ने गरी उही कुरा बारम्बार दोहोऱ्याउने क्रिया; कचकच; गनगन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल फत्+अ(द्वि.)]
१.
अरूलाई झर्को लाग्ने वा मन नपर्ने गरी उही कुरा बारम्बार दोहोऱ्याउने क्रिया; कचकच; गनगन।
२.
कसैले सुने पनि नसुने पनि र जवाफ दिए पनि नदिए पनि एकोहोरो बोलिरहने कुरा; फतरफतर।
३.
(क्रियाविशेषण)
माथिबाट गिलो वस्तु झर्दा शब्द निस्कने किसिमले।
४.
खुबसँग फत्कने गरी।
५.
ज्यादा पाकेर वा गलेर बारबार झर्ने गर्दै।