फुल
Romanized: phul, fula, ful, phula
फुल (phul) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फुल(१)
(नाम [प्राकृत])
1.
ससाना जीव (चराचुरुङ्गी, माछा, साँप आदि) जन्मने, एकापट्टि केही चुच्चोजस्तो परेको गोलाकार पिण्ड; अण्डा; अण्ड; डिम्बा।
फुल(२)
(विशेषण [अड्])
१..
भरिभराउ; पूर्ण; पूरा।
२..
प्रशस्त; पर्याप्त; मनग्य ।