बत्तिस लक्षण

Romanized: battisa lakshana, battisa lakshan, battisa laksan, battisha lakshana

विशिष्ट व्यक्तिहरूका शरीर तथा स्वभावमा हुने भनी प्रसिद्ध बत्तिसवटा शुभ लक्षण[(१) पद्मासनमा बस्ता वृत्ताकार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विशिष्ट व्यक्तिहरूका शरीर तथा स्वभावमा हुने भनी प्रसिद्ध बत्तिसवटा शुभ लक्षण[(१) पद्मासनमा बस्ता वृत्ताकार आसन हुनु। (२) औंला लामालामा हुनु। (३) औंलाका कापमा छालाविशेष बढ्‌ता र औंला जोड्दा टम्म मिल्ने हुनु। (४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु। (५) सात प्रकारले शरीर सुवासित हुनु। (६) हरिणका जस्ता फिला हुनु। (७) गुप्ताङ्गहरू हात्तीका अण्डकोष जस्तै गुप्त रहनु। (८) शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु। (९) शरीरका विभिन्न अङ्ग सुगठित रहनु। (१०) काँध पुष्ट, चौडा र गोल हुनु। (११) पाखुरा राम्ररी फर्कने र तलसम्म पुग्ने हुनु। (१२) पाखुरा लामा हुनु। (१३) सम्पूर्ण शरीर तेजोमय वृत्तले युक्त हुनु। (१४) शङ्खसमान घाँटी हुनु। (१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु। (१६) बत्तिस दाँत हुनु। (१७) उज्ज्वल र छिद्र नभएका दन्तपक्ति हुनु। (१८) स्वच्छ र परस्परमा मिलेका दाँत हुनु। (१९) बङ्गरा स्वच्छ र सुन्दर हुनु (२०) जिब्रो लामो हुनु। (२१) विभिन्न सूक्ष्मातिसूक्ष्म स्वाद लिने शक्ति हुनु। (२२) भँगेराको जस्तो स्वर हुनु। (२३) ब्रह्माको जस्तो मौलिक र ज्ञानपूर्ण वाणी हुनु। (२४) आँखीभौं साँढेका जस्ता र नीलकमलका रङका हुनु। (२५) दुई आँखीभौंका बिच कोमल रोमरेखा हुनु। (२६) पगरीजस्तो मिलेको र राम्रो कपाल हुनु। (२७) शुद्ध सुनजस्तो प्रदीप्त शरीर हुनु। (२८) प्रबल व्यक्तित्व हुनु। (२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौं हुनु। (३०) नीलमणिजस्तो कालो र टल्कने केश हुनु। (३१) न्यग्रोध परिमण्डल हुनु र (३२) विष्णुको जस्तो दृढ स्वभाव हुनु ]

सम्बन्धित शब्दहरू