भग
Romanized: bhag, bhaga
सुखसुविधाका साधन; सम्पत्ति; ऐश्वर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुखसुविधाका साधन; सम्पत्ति; ऐश्वर्य।
२.
सौभाग्य।
३.
प्रसिद्धि; कीर्ति।
४.
धर्म; पुण्य।
५.
विवेक; ज्ञान।
६.
शक्ति।
७.
जीवन र जगत्प्रतिको वितृष्णा; वैराग्य।
८.
स्त्रीको मूत्रद्वार; जननेन्द्रिय; योनि ।
९.
बाह्र आदित्यमध्ये एक; सूर्य।
१०.
वेदमा उल्लेख भएका एक देवता।