अङ्ग

Romanized: angga, angg, ang, anga

कुनै सिङ्गो वस्तु, प्रणाली वा संरचनाका अवयव वा हिस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै सिङ्गो वस्तु, प्रणाली वा संरचनाका अवयव वा हिस्सा।
२.
शरीरका भिन्न भिन्न भाग; शरीर; जिउ; आङ।
३.
भाग; टुक्रा; अंश; खण्ड; घटक; हिस्सा।
४.
कुनै मूल वस्तुको पूरक, सहायक, सहयोगी, अप्रधान वा गौण अंश।
५.
आजको बिहारको भागलपुर क्षेत्रको आसपाससम्म रहेको ठानिने प्राचीन भारतीय जनपद।
६.
अङ्गुलको ६ गुना बराबरको नाप; ६ अमल बराबरको नाप।

सम्बन्धित शब्दहरू