अङ्क

Romanized: angka, angk, ank, anka

सङ्ख्या, गन्ती वा सङ्ख्याका आधारभूत समष्टि बुझाउन प्रयोग गरिने प्रारम्भिक चिह्न, शब्द वा त्यस्ता चिह्न र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सङ्ख्या, गन्ती वा सङ्ख्याका आधारभूत समष्टि बुझाउन प्रयोग गरिने प्रारम्भिक चिह्न, शब्द वा त्यस्ता चिह्न र शब्दहरूको समूह; हिन्दू, अरबी र देवनागरी पद्धतिअनुसार शून्यदेखि नौसम्मका सङ्ख्यासूचक चिह्न वा चिह्नसमूह; कुनै पनि कुरालाई खास क्रममा प्रयोग गरिने खास सङ्ख्या; (डिजिट)।
२.
नाटकको प्रकरणलाई छुट्ट्याउने, दृश्य रहन वा नरहन सक्ने भाग वा अध्याय।
३.
रूपकका दश भेदमध्ये करुणरसप्रधान, स्त्रीपात्र ज्यादा तथा साधारण चरित्रको नायक तथा एउटै अङ्क हुने एक भेद; त्यस्तो एकाङ्की काव्य।
४.
दैनिक, साप्ताहिक, पाक्षिक आदि पत्रपत्रिकाको सङ्ख्या जनाउने अङ्क; नम्बर।
५.
काख।

सम्बन्धित शब्दहरू