भन्सार
Romanized: bhansaara, bhansaar, bhansar, bhanshaara
देशभित्र आयात हुने तथा देशबाट बाहिर निर्यात हुने मालसामानमा निकासीपैठारीका नियमअनुसार जाँचबुझ गरी मूल्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भाण्डशाला]
१.
देशभित्र आयात हुने तथा देशबाट बाहिर निर्यात हुने मालसामानमा निकासीपैठारीका नियमअनुसार जाँचबुझ गरी मूल्य, तौल, सङ्ख्या आदिका हिसाबले निर्धारित कर वा शुल्क असुलउपर गर्ने अड्डा ।
२.
आयात वा निर्यात हुने मालमत्तामा लाग्ने कर; निकासीपैठारी शुल्क; भन्सारमहसुल ।