भाग
Romanized: bhaaga, bhaag, bhag, bhaga
कुनै वस्तुको खण्ड; हिस्सा वा अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुको खण्ड; हिस्सा वा अंश।
२.
भाग्य; तकदिर ।
३.
तरफदारी; पक्ष।
४.
गणितमा कुनै सङ्ख्या वा राशिलाई खण्डखण्डमा बाँड्ने प्रक्रिया।
५.
अङ्ग-प्रत्यङ्ग; अवयव।
६.
लिच्छविकालमा जमिनका उब्जनीको छ, आठ वा बाह्र भागमध्ये तोकिएको एक भाग कर।