भुट्नु
Romanized: bhutnu
सुखा मकै, भटमास, धान आदि वस्तु हाँडी आदिमा हाली कप्टेराले चलाएर फूल उठ्ने गरी सुखा पकाउनु; अराल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत भृष्ट+नु]
१.
सुखा मकै, भटमास, धान आदि वस्तु हाँडी आदिमा हाली कप्टेराले चलाएर फूल उठ्ने गरी सुखा पकाउनु; अराल्नु।
२.
खानेकुरा घिउ वा तेलमा तारेर खरो गरी पकाउनु; तार्नु।
३.
तोप, बन्दुक, ट्याङ्क आदिबाट गोली हानेर धेरै मान्छेलाई मार्नु; सखाप पार्नु।