भ्रष्ट
Romanized: bhrashta, bhrasht, bhrast, bhrasta
कहीँबाट फ्यात्त खसेको; च्युत भएको; गिरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कहीँबाट फ्यात्त खसेको; च्युत भएको; गिरेको।
२.
आचरण र अनुशासनबाट तल झरेको; दुश्चरित्र।
३.
अपवित्र; दूषित।
४.
बिग्रेको; विनाश भएको।