मधुरो

Romanized: madhuro

चर्को राप वा ताप नभएको; मिठो वा न्यानो लाग्ने (घाम, आगो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत मधुर]

१.
चर्को राप वा ताप नभएको; मिठो वा न्यानो लाग्ने (घाम, आगो आदि)।
२.
हल्का खालको; बिस्तारै चल्ने; मत्थर; मन्द (हावा आदि)।
३.
गुलियो वा पिरो आदि अलिअलि मात्र लागेको (खानेकुरो)।
४.
हलौं खालको बास्ना भएको (कमल, गुलाफ आदिका फूलको जस्तो)।
५.
सुन्दा राम्रो वा मिठो लाग्ने (कुरो)।
६.
मधुर; मिठो ।

सम्बन्धित शब्दहरू