मन

Romanized: man, mana

मन (man) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मन(१)

1.
ना. [सं. माने चालिस सेर वजन बराबरको तौल वा परिमाण।

मन(२)

(नाम [संस्कृत मनः])
१..
प्रणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प-विकल्प आदिलाई नियन्त्रित तथा परिचालित गर्ने अन्तकरणको अंश वा वृत्ति; नाक, कान, आँखा आदिबाट थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय; अन्तःकरण; चित्त; दिल; हृदय।
२..
इच्छा; कामना; अभिलाषा; रुचि।
३..
स्वभाव; प्रकृति।
४..
आशय; इरादा; विचार।

सम्बन्धित शब्दहरू