मसला
Romanized: masalaa, masal, mashalaa, mashala
तिहुन, तरकारी आदि खाद्य परिकारलाई स्वादिष्ठ पार्न अनुपात मिलाई मिसाइने वस्तु; जिरा, धनियाँ, मरिच, ल्वाङ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मसालेह]
१.
तिहुन, तरकारी आदि खाद्य परिकारलाई स्वादिष्ठ पार्न अनुपात मिलाई मिसाइने वस्तु; जिरा, धनियाँ, मरिच, ल्वाङ, जाइफल आदि पदार्थ; मसला।
२.
काजु, पेस्ता, किसमिस, सुपारी, नरिवल आदि सुकेका फलहरू; ल्वाङ-सुपारी।
३.
टर्च बाल्न र रेडियो आदि बजाउन भित्र हालिने विद्युत्तत्त्वीय एक रासायनिक पदार्थ; ब्याटरी।
४.
कुनै विशेष कामकुराका निम्ति तयार पारिएका औषधी वा रासायनिक वस्तुहरूको मिश्रण।
५.
ढलान गर्न वा इँटा, ढुङ्गा आदि जोर्न तयार पारिएको सिमेन्ट, बालुवा, गिट्टी आदिको आनुपातिक मिश्रण।
६.
प्रायः चौडा सडकका छेउछेउमा लाइने, सेता भुवादार फूल फुल्ने र घण्टीका आकारका साना फल लाग्ने एक जातको सुगन्धी फूल।
७.
हलक्क बढ्ने र अग्लो कुरो बोट हुने एक जातको रुख।