माउ
Romanized: maau, mau
आमा (पशुपक्षी, किराफटेङ्ग्रा आदिको); पोथी पशुपक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
१.
आमा (पशुपक्षी, किराफटेङ्ग्रा आदिको); पोथी पशुपक्षी।
२.
घरपरिवारको मुख्य मानिस, थकाली।
३.
चित्रो, मान्द्रो, गुन्द्री आदि बुन्दा टिपिने तीनवटा चोया वा धागो।
४.
ट्रली वा रेल तान्ने इन्जिन।
५.
ऊनी लुगा, कागज आदि काट्ने किरो।
६.
(विशेषण)
मुख्य; प्रमुख।