मात
Romanized: maata, maat, mat, mata
मात (maata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मात(१)
(नाम [संस्कृत मद])
१..
कुनै नशालु वस्तु वा लागु पदार्थ (रक्सी, जाँड, अम्मल इ.)।
२..
धन, मान, यौवन, इज्जत आदिको घमन्ड; तमक।
३..
लागु पदार्थको सेवनबाट हुने उन्माद वा असर; मद।
मात(२)
(नाम [अरबी ])
1.
विशेषतः खेल, कुस्ती, भिडन्त आदिमा हुने हार वा पराजय; माथ। (उदा.- हिजोको फुटबल खेलमा सङ्कटा एघारले ठमेल एघारलाई गजबले मात गरिदियो)।
उदाहरण वाक्य
- हिजोको फुटबल खेलमा सङ्कटा एघारले ठमेल एघारलाई गजबले मात गरिदियो