राँको
Romanized: raamko, raanko, ranko, ramko
आगाको मुस्लो; अत्यन्त हुरहुराउँदो ज्वाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रङ्कु+ओ]
१.
आगाको मुस्लो; अत्यन्त हुरहुराउँदो ज्वाला।
२.
बाँसका भाटा वा काठ चिरेर मुठीभर पारी सल्काइने र रातमा हिँड्दा उज्यालोका लागि प्रयोग गरिने पुल्ठो; मसाल, झर।
३.
असह्य गर्मीको ताप।
४.
ज्वराको ताप; भुङ्ग्रो।