राख्नु
Romanized: raakhnu, rakhnu
कुनै वस्तुलाई कुनै ठाउँमा थन्क्याउनु; एक ठाउँमा जतनसाथ रहन दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत रक्षण]
१.
कुनै वस्तुलाई कुनै ठाउँमा थन्क्याउनु; एक ठाउँमा जतनसाथ रहन दिनु।
२.
जोगाउनु; साँच्नु; खर्च नगर्नु।
३.
बसाउनु, बसाल्नु।
४.
कुनै वस्तुको प्रतिष्ठा गर्नु; स्थापना गर्नु; थाप्नु।
५.
विवाहविधि नगरी कुनै आइमाईलाई स्वास्नी बनाउनु; रखौटी तुल्याउनु ।