रेट्नु

Romanized: retnu

रेट्नु (retnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

रेट्नु(१)

१..
करौंतीले काटे जस्तै गरी काट्नु; सेर्नु।
२..
अरूलाई मर्का पार्ने किसिमले वा कसेर मोल लिनु।
३..
कुनै धारिलो साधनले अर्को कुनै वस्तुमा घोट्नु।
४..
सारङ्गी, बेला आदि तारबाजा बजाउनका निम्ति गजाले घोट्नु।

रेट्नु(२)

1.
ना. ग्राहक, असामी, मोही आदिलाई रेटेर वा कसेर रकम लिने व्यक्ति; रेटाहा मानिस (उदा.- साहिँलो साहुजस्तो रेट्नु त यो गाउँमा अरू कोही पनि छैनन्)।

उदाहरण वाक्य

  • साहिँलो साहुजस्तो रेट्नु त यो गाउँमा अरू कोही पनि छैनन्

सम्बन्धित शब्दहरू