लिङ्ग
Romanized: lingga, lingg, ling, linga
स्त्री र पुरुष छुट्ट्याउने प्राणीका शरीरको चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
२.
स्त्री र पुरुष छुट्ट्याउने प्राणीका शरीरको चिह्न।
३.
मूर्ति वा प्रतिमाका रूपमा पूजित हुने शिवलिङ्ग।
४.
कुनै कुराको पहिचान हुने चिह्न वा निसान; लक्षण।
५.
व्याकरणमा पुरुष, स्त्री र नपुंसक छुट्ट्याउने शब्दका रूप (पुलिङ्ग, स्त्रीलिङ्ग र नपुंसक लिङ्ग)।
६.
साङ्ख्यशास्त्रका अनुसार सम्पूर्ण विकृति फेरि लीन हुने मूल प्रकृति।
७.
मीमांसाका निर्णयका आधारमा छ लक्षण (उपक्रम, उपसंहार, अभ्यास, अपूर्वता, अर्थवाद र उपपत्ति)।