लोक

Romanized: lok, loka

ब्रह्माण्डको कुनै एक भाग अथवा खण्ड; संसार; जगत्; दुनियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ब्रह्माण्डको कुनै एक भाग अथवा खण्ड; संसार; जगत्; दुनियाँ।
२.
पुराणअनुसार स्वर्ग, मर्त्य र पाताल तीन स्थान वा पृथ्वीसहित उँभोका भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपलोक र सत्यलोक सात र उँधोका अतल, सुतल, वितल, तलातल, रसातल, महातल र पाताल सातसमेत चौध भुवन।
३.
ग्रहमण्डल (जस्तो- सूर्यलोक, चन्द्रलोक, ध्रुवलोक आदि)।
४.
मुख्य देवताको निवासस्थल (जस्तो- शिवलोक, विष्णुलोक, ब्रह्मलोक आदि)।
५.
पुराणअनुसार, प्राणी जीवित छँदा भोग गर्ने र मरेपछि पुग्ने ठाउँ; इहलोक र परलोक।
६.
समान संस्कृति, भावना र सामाजिक स्थिति भएका खास भौगोलिक एकाइमा रहने मानिसको समुदाय; जनसमूह।
७.
वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल वा मात्राको आठ गुना बराबरको नाप; तूणी, वसु वा मूर्ति बराबरको नाप; आठ अमल।

सम्बन्धित शब्दहरू