लोकतो
Romanized: lokato
जुइनाको रूपमा प्रयोग हुन सक्ने पाट आदिको त्यान्द्रोसहितको बोक्रो; कागते पाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लक्तक]
१.
जुइनाको रूपमा प्रयोग हुन सक्ने पाट आदिको त्यान्द्रोसहितको बोक्रो; कागते पाट।
२.
पाट, बोक्रो, छाला आदिबाट बनेको नाम्लाको पातो जस्तै लामो धरो वा डोरी।
३.
नेपाली कागत बनाउने एक प्रकारको घाँस।
४.
(विशेषण)
सुनेको नसुन्यै गरी वा भनेको नटेरी बसिरहने; चाम्रो।