वचन
Romanized: vachana, vachan, wachana, wachan
मानिसका मुखबाट निस्कने वा उच्चरित हुने कुनै पनि सार्थक शब्द; बोली; वाणी; भनाइ; कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिसका मुखबाट निस्कने वा उच्चरित हुने कुनै पनि सार्थक शब्द; बोली; वाणी; भनाइ; कथन।
२.
पक्कापक्की गरिने कुरो; कबुल; प्रतिज्ञा।
३.
शास्त्रमा बताइएको विधिविधानसम्बन्धी कुरो वा सूत्र।
४.
कुनै कामका निम्ति कसैलाई गरिने आज्ञा; आदेश।
५.
व्याकरणमा शब्दका रूपबाट एक वा एकभन्दा धेरै बुझाउने विधान वा त्यस्तो सङ्ख्या (जस्तो- एकवचन, बहुवचन आदि)।