विधान
Romanized: vidhaana, vidhaan, widhaana, vidhan
प्रारम्भ गरिने कामको पूर्वयोजना; कुनै कामकुराको आयोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रारम्भ गरिने कामको पूर्वयोजना; कुनै कामकुराको आयोजन।
२.
कामको चाँजोपाँचो; व्यवस्था; प्रबन्ध।
३.
बनाउने काम; निर्माण; संरचना।
४.
पद्धति; विधि; प्रणाली।
५.
राज्य वा सरकारले समयसमयमा देशको आवश्यकताअनुकूल बनाएका नियमहरूको सङ्ग्रह; ऐन, कानुन।
६.
राज्यसत्ताको सञ्चालन गर्ने सर्वोच्च नियमसङ्ग्रह; शासनविधान; संविधान।
७.
कुनै सङ्घ, संस्था, सङ्गठन आदिको सञ्चालनका लागि तयार पारिएको कार्यविधि वा नियमावली।
८.
कामकाज; व्यवहार।
९.
धर्मशास्त्रको आदेश; वेदवाक्य; ब्रह्मवाक्य।