विरोध

Romanized: virodh, wirodha, wirodh, birodha

कुनै कामकारबाई रोक्नका निम्ति गरिने कोसिस; विपरीत प्रयत्न । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकारबाई रोक्नका निम्ति गरिने कोसिस; विपरीत प्रयत्न ।
२.
विभिन्न तर्क वा विचारको विपरीत भावना; प्रतितर्क; प्रतिविचार ।
३.
नमिल्दो वा उल्टो स्थिति; प्रतिकूलता।
४.
मतभेद; फूट।
५.
वैरभाव; शत्रुता; दुस्मनी।
६.
बाधा; अवरोध; अड्काउ; रोकावट।
७.
जाति, गुण, क्रिया, द्रव्य आदिका साथ विरोध वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
८.
चारैतिरको छेकवार; घेरो।
९.
नियन्त्रण; रोकतोक।
१०.
बेमेल; असङ्गति ।

सम्बन्धित शब्दहरू