विशुद्ध
Romanized: vishuddha, vishuddh, wishuddha, wishuddh
विशेष किसिमले शुद्ध गरिएको; धेरै शुद्ध; अति चोखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विशेष किसिमले शुद्ध गरिएको; धेरै शुद्ध; अति चोखो।
२.
अरू वस्तु वा कुरा नमिसिएको।
३.
छलकपट नभएको; पाप नभएको; निष्पाप।
४.
कुनै कलङ्क वा दाग नभएको; निष्कलङ्क।
५.
(नाम)
हठयोगमा प्रयुक्त हुने षट्चक्रमध्ये पाँचौँ।