शुद्ध

Romanized: shuddha, shuddh, suddh, suddha

धुलोमैलो, मिलावट आदि नभएको; स्वच्छ; निर्मल; चोखो; पवित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धुलोमैलो, मिलावट आदि नभएको; स्वच्छ; निर्मल; चोखो; पवित्र।
२.
छलकपट केही नभएको; निष्कपट।
३.
दाग वा दोष नभएको; निष्कलङ्क; निर्दोष।
४.
त्रुटि वा अशुद्धिरहित (वर्ण, शब्द, वाक्य, भाषा आदि); ठिक।
५.
केही नजान्ने वा धनजन केही नभएको; सुदाम।

सम्बन्धित शब्दहरू