विष

Romanized: visha, vish, wisha, wish

खाएमा वा कुनै किसिमले थोरै मात्रा पनि शरीरभित्र गएमा डरलाग्दो रोग वा विकार पैदा गराउने र अन्तमा ज्यानसमेत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खाएमा वा कुनै किसिमले थोरै मात्रा पनि शरीरभित्र गएमा डरलाग्दो रोग वा विकार पैदा गराउने र अन्तमा ज्यानसमेत लिन सक्ने वा लिने घातक वस्तु; बिख; जहर।
२.
पानी।
३.
कमलनालको गुदी।
४.
स्वास्थ्य वा सुखशान्तिलाई हानिनोक्सानी पुऱ्याउने कुरा।
५.
वत्सनाभ।
६.
हिमालयमा पाइने एकदेखि पाँच मिटर अग्लो, चौडा, तीनखण्डे, हरिया भेट्नु भएका पात हुने, पाँचदेखि बाह्र सेन्टिमिटरसम्म चौडा र छदेखि सात सेन्टिमिटरसम्म लामा पात हुने, नील मञ्जरीका रूपमा फूल फुल्ने, भुवादार फल लाग्ने, आयुर्वेदमा कन्द विषालु मानिएको एक जातको बुटो।

सम्बन्धित शब्दहरू