विषय
Romanized: vishaya, vishay, wishaya, wishay
ज्ञानेन्द्रियले ग्रहण गरिने पदार्थ (रूप, रस, गन्ध, स्पर्श र शब्द)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्ञानेन्द्रियले ग्रहण गरिने पदार्थ (रूप, रस, गन्ध, स्पर्श र शब्द)।
२.
पञ्चमहाभूतबाट बनेको वस्तु वा पदार्थ; भौतिक पदार्थ।
३.
जन्मदेखि मृत्युपर्यन्त गरिने लोकसम्बद्ध व्यवहार; सांसारिक व्यवहार।
४.
इन्द्रियहरूका माध्यमबाट प्राप्त हुने आनन्द; इन्द्रियजन्य सुख।
५.
कुनै पनि विचार गरिने कुरो वा वस्तु।
६.
कुनै लेख, ग्रन्थ आदिमा विवेचना गरिएको कुरो वा प्रसङ्ग।
७.
सम्पत्ति।
८.
सीमा।
८.
उद्देश्य।
१०.
(नामयोगी)
बारे।