व्यवस्थापन
Romanized: vyavasthaapana, vyavasthaapan, vyawasthaapana, wyavasthaapana
कुनै कामकुराको व्यवस्था वा प्रबन्ध मिलाउने काम; तरतर्जुमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कामकुराको व्यवस्था वा प्रबन्ध मिलाउने काम; तरतर्जुमा।
२.
कुनै वस्तु, मालसामान आदिलाई यथास्थान र यथाक्रम राख्ने काम।
३.
कुनै कुरो वा समस्याको टुङ्गो लगाउने काम; निर्धारण; निर्णय; निश्चय।
४.
कुनै विषयमा नियमकानुन बनाउने काम वा विधि।