व्यास
Romanized: vyaasa, vyaas, wyaasa, vyas
वेदका मन्त्रहरूको सङ्ग्रह गर्ने र तिनलाई तीन भागमा विभक्त गर्ने पुराणप्रसिद्ध एक ऋषि; पुराणहरूका निर्माता वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वेदका मन्त्रहरूको सङ्ग्रह गर्ने र तिनलाई तीन भागमा विभक्त गर्ने पुराणप्रसिद्ध एक ऋषि; पुराणहरूका निर्माता वा सम्पादनकर्ता ऋषि; वेदव्यास; कृष्णद्वैपायन।
२.
पुराण भन्ने व्यक्ति; पुराणका वक्ता वा वाचक।
३.
वृत्तपरिधिको एक स्थानबाट अर्को स्थानसम्म पुग्ने कल्पित सोझो रेखा।
४.
कुनै वस्तुको विस्तार; फैलावट।
५.
हिउँ पग्लेको वेला नेपाल र तिब्बतका बिच आवागमन गर्न हुने सुदूर पश्चिमाञ्चलको एक क्षेत्र तथा घाटी; यसै नामको एक हिमाल।