शुष्क
Romanized: shushka, shushk, shuska, sushka
आगो, घाम आदिको रापले तातेर पानीको भाग वा चिसोपनजति निथ्रिएको; सुकेको; सुक्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आगो, घाम आदिको रापले तातेर पानीको भाग वा चिसोपनजति निथ्रिएको; सुकेको; सुक्खा।
२.
मनोविनोद वा हँस्सीठट्टामा अभिरुचि नलिने; बिरसिलो; नीरस ।
३.
अमिल्दो स्वभावको; खस्रो।
४.
कुनै सार नभएको।
५.
चाख नलाग्ने; झर्कोलाग्दो ।