शूल

Romanized: shula, shul, sul, shoola

प्राचीन कालको भालाजस्तो तिखो र घोच्ने फलामे हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राचीन कालको भालाजस्तो तिखो र घोच्ने फलामे हतियार।
२.
पोल्ने मासुमा घुसारिने सुइरो।
३.
वायु बिग्रनाले पेट आदि अङ्गमा हुने चर्को पीडा; सोला हान्ने रोग।
४.
मानसिक वेदना; व्यथा; पीडा।
५.
ज्योतिषशास्त्रअनुसार सत्ताइस योगमध्ये एक।
६.
वास्तु वा मूर्तिमा तीन अमल बराबरको नाप; तीन अङ्गुल; पर्वन्, रुद्राक्षि, अग्नि, गुण वा विद्यामध्ये कुनै एक बराबरको नाप।

सम्बन्धित शब्दहरू