सङ्कल्प

Romanized: sangkalpa, sangkalp, shangkalpa, sankalp

कुनै इच्छा साकार पार्ने अठोट वा कुनै काम गर्ने दृढ निश्चय; मनको आँट; मनसुबा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै इच्छा साकार पार्ने अठोट वा कुनै काम गर्ने दृढ निश्चय; मनको आँट; मनसुबा ।
२.
देव कार्य तथा पितृकार्य गर्दा जजमानले जौ, तिल, कुश र पानी हातमा लिएपछि पुरोहितद्वारा पढिने प्रतिज्ञावाक्य वा दानवाक्य।
३.
फलको आशाले कुनै धार्मिक वा पुण्यकार्य गर्ने दृढता ।
४.
तत्काल उपस्थित कुनै समस्याका बारेमा निर्णय गरी परिणाम निकालिने आकस्मिक प्रस्ताव।
५.
उद्देश्य; लक्ष्य; विचार; आकाङ्क्षा।

सम्बन्धित शब्दहरू