सञ्चारीभाव
Romanized: sanychaaribhaava, sanychaaribhaav, sanychaaribhava, sanycharibhaava
साहित्यिक रसको निष्पत्ति गराउने स्थायी भावहरूमा प्रकट र प्रच्छन्न रहेर रस पुष्टि गर्ने प्रायः सर्वमान्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साहित्यिक रसको निष्पत्ति गराउने स्थायी भावहरूमा प्रकट र प्रच्छन्न रहेर रस पुष्टि गर्ने प्रायः सर्वमान्य तेत्तिस प्रकारका भाव। (नाट्यशास्त्रका आचार्य भरतद्वारा उल्लिखित तेत्तिस भावका नाम यी हुन् निर्वेद, आवेग, दैन्य, श्रम, मद, जडता, औग्य, मोह, विबोध, स्वप्न, अपस्मार, गर्व, अलसता, अमर्ष, निद्रा, अवहित्था, औत्सुक्य, उन्माद, शङ्का, स्मृति, मति, व्याधि, सन्न्यास, लज्जा, हर्ष, असूया, विषाद, धृति, चपलता, ग्लानि, चिन्ता र वितर्क)।