सञ्जात
Romanized: sanyjaata, sanyjaat, sanyjata, sanyjat
कसैका साथ वा कसैद्वारा उत्पन्न; जन्मेको (जस्तो- वात-सञ्जात=हनुमान्)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कसैका साथ वा कसैद्वारा उत्पन्न; जन्मेको (जस्तो- वात-सञ्जात=हनुमान्)।
२.
प्रकट भएको; देखिएको; व्यक्त।
३.
(नाम)
पुराणका अनुसार एक प्राचीन जाति।