समात्नु

Romanized: samaatnu, shamaatnu, shamatnu, samatnu

अरूले दिएको कुनै वस्तु लिनु; ग्रहण गर्नु; अँगाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत सम+आत्ते]

१.
अरूले दिएको कुनै वस्तु लिनु; ग्रहण गर्नु; अँगाल्नु।
२.
कुनै वस्तुलाई फुत्किन नसक्ने गरी अँठ्याउनु; पक्रनु।
३.
प्रहरी वा सरकारी कर्मचारीले भाग्न नसक्ने गरी कसैलाई समाउनु; गिरफ्तार गर्नु।
४.
कुनै वस्तुका निम्ति कसैलाई धरपकड गर्नु; करेप्नु।

सम्बन्धित शब्दहरू