समाधान
Romanized: samaadhaana, samaadhaan, samaadhana, samadhaana
सन्देह, शङ्का, मतभेद आदि हटाउने वा मेट्ने काम; निवारण; निराकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सन्देह, शङ्का, मतभेद आदि हटाउने वा मेट्ने काम; निवारण; निराकरण।
२.
कुनै कठिन प्रश्न वा समस्याको टुङ्ग्याउनी।
३.
राम्ररी मिलाउने वा स्थापना गर्ने काम।
४.
मनको एकाग्र चिन्तन; समाधि।