समान
Romanized: samaana, samaan, saman, shamaana
तुलनात्मक तथा गुणात्मक दृष्टि र मूल्यगत महत्त्वले समेत बराबर भएको; उस्तै; सदृश; तुल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तुलनात्मक तथा गुणात्मक दृष्टि र मूल्यगत महत्त्वले समेत बराबर भएको; उस्तै; सदृश; तुल्य।
२.
(नाम)
शरीरमा रहने पाँच प्रकारका वायुमध्ये एक।