समास
Romanized: samaasa, samaas, samas, samaasha
व्याकरणअनुसार शब्दरचनाका क्रममा दुई वा दुईभन्दा बढी शब्द नियमानुसार विभक्तिलोप, ध्वनिहरूको हेरफेर, संयोग आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्याकरणअनुसार शब्दरचनाका क्रममा दुई वा दुईभन्दा बढी शब्द नियमानुसार विभक्तिलोप, ध्वनिहरूको हेरफेर, संयोग आदि भई पूरै पदको एउटै अर्थ वा शब्दानुसारको अर्थ बुझाउने गरी मिल्ने, एउटै पद बन्ने वा समस्त हुने काम; परस्पर सम्बन्ध रहने मुक्त शब्दहरूको एकमेल हुने काम (जस्तै- घरको काज = घरकाज, सानी आमा = सानीमा, दुई बाटाको समूह = दोबाटो, घर र बारी = घरबारी इ.)।
२.
उपर्युक्त प्रकारले विभिन्न रूपबाट समास हुने तत्पुरुष, कर्मधारय, द्विगु, द्वन्द्व, बहुव्रीहि, अव्ययीभाव आदि भेद वा प्रकार ।
३.
सङ्क्षेप।
४.
सानोमा धेरै अटाउने काम।