समीक्षा

Romanized: samikshaa, samiksha, samiksaa, samiksh

कुनै कृतिबारे गुणदोष छुट्ट्याई निष्पक्षता र गम्भीरतापूर्वक गरिने विवेचना; समालोचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कृतिबारे गुणदोष छुट्ट्याई निष्पक्षता र गम्भीरतापूर्वक गरिने विवेचना; समालोचना।
२.
कुनै विषयवस्तुबारे अनुसन्धान गर्ने काम; खोजी; गवेषण।
३.
कुनै विषयवस्तुलाई राम्ररी वा नियालेर हेर्ने काम।
४.
राम्रोसित गरिएको जाँच, नियालेर गरिएको जाँच; सम्यक् परीक्षा।

सम्बन्धित शब्दहरू