साँचो
Romanized: saamcho, samcho, saancho, sancho
साँचो (saamcho) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
साँचो(१)
(विशेषण [संस्कृत सत्य])
1.
झुटो नभएको; बनावटी वा देखावटी नभएको; जस्तो छ त्यस्तै; सत्य; वास्तविक। (उदा.- साँचो डग्दैन, झुटो तग्दैन - उखान)।
साँचो(२)
(नाम [प्राकृत सञ्चअ])
१..
मुछेको माटो आदि गिलो पदार्थ हालेर विशेष आकारको वस्तु बनाउने साधन; गिलो पदार्थबाट कुनै रूप वा आकार आदि ढाल्ने तदाकार भाँडो।
२..
कुनै बुट्टा वा चित्र छाप्ने साधन।
३..
ताल्चा खोल्ने साधन।
४..
जुत्ता बनाउँदा निश्चित आकारको रूप दिन प्रयोग गरिने, काठ आदिको साधन।
उदाहरण वाक्य
- साँचो डग्दैन, झुटो तग्दैन - उखान