सिद्धि
Romanized: shiddhi, siddhi
योग वा तपस्याद्वारा प्राप्त हुने अलौकिक शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
योग वा तपस्याद्वारा प्राप्त हुने अलौकिक शक्ति।
२.
योगसाधनाद्वारा प्राप्त गरिने आठ प्रकारका सिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व)।
३.
मुक्ति; निर्वाण।
४.
आँटेको काम पूरा भएको स्थिति; सफलता।
५.
थालेको यज्ञ, दान, अनुष्ठान आदिको निर्विघ्न समाप्ति; कार्यपूर्णता ।
६.
निपुणता, सिपालुपन।
७.
गणेशका दुई पत्नी ऋद्धि र सिद्धिमध्ये कान्छीचाहिँ।