सिल
Romanized: sil, shila, shil, sila
सिल (sil) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सिल(१)
(नाम [संस्कृत शिला])
1.
शिला; ढुङ्गो (जस्तो- सिलढुङ्गे)।
सिल(२)
(नाम)
१..
उनेका माछाहरूको माला।
२..
कपालमा पर्ने जम्राहरूको ताँती।
सिल(३)
(नाम [अङ्ग्रेजी शील्ड])
१..
कुनै वस्तुको गोप्यता र सुरक्षाका लागि सम्बन्धित व्यक्तिले मात्र खोल्ने गरी खाम, कपडाको थैलो आदिको बाहिर जोर्नीहरूमा लगाइने लाहाछाप।
२..
विद्यालय, सरकारी कार्यालय आदि सङ्घसंस्थाहरूको नाम आदि लेखिएको रबरछाप; मोहर, लालमोहर।
सिल(४)
(नाम)
1.
सामान्यतः सात फिट लम्बाइ भएको, धेरैजसो समुद्रमा र कहिलेकाहीँ जमिनमा पनि बस्ने, हातखुट्टाले पानी खियाउन सक्ने, झन्डै एक टन भार भएको स्तनपायी जन्तु।